राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७६ सालको शुभकामना सहित अहिले धेरै गीतहरु बजारमा आइरहेका छन् । सोहि क्रममा स्थायी घर सिन्धुली रहेका प्रतिभावान कलाकार श्याम अधिकारी र बिनोद न्यौपानेको संयुक्त प्रस्तुति “रातो स्कुटर” बोलको गीत बजारमा आएको छ । आफ्नै कला संस्कृति र मौलिकता जगेनार्थ तयार पारिएको यस गीतले आफ्नो श्रीमानले आफु प्रति दिएको मायालाई उच्च मुल्यांकन गर्दै एक नारीले आफ्नो भाव पोखेकी छिन् ।

“रातो स्कुटर” बोलको गितला श्याम अधिकारी र मिना अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय बिनोद न्यौपाने र शब्द श्याम अधिकारी/ बिनोद न्यौपानेको रहेको छ । गीतको भाव जस्तै भिडियो पनि निकै उत्कृष्ट बनेको छ । भिडियोमा करिश्मा ढकाल, निरज पौडेल, सुरज मल्ल र बिनोद न्यौपानेको अभिनय देख्रन सकिन्छ । भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन रमित ओलीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया