काठमाडौं,
साउन ३० ।

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन भएको छ । माधवी उपन्यासबाट मदन पुरस्कार प्राप्त दीक्षित ९७ वर्षको हुनुहुन्थ्यो ।

उहाँ केही समय यता बिरामी हुनुहुन्थ्यो । केही समयअघि नै उहाँलाई सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट डिस्चार्ज गरेर घर ल्याइएको थियो । दीक्षित बेहोस भएपछि पुतलीसडकमा रहेको हिमाल अस्पताल पुर्याइएको थियो । उहाँलाई मुटु, मिर्गौला र श्वाशप्रश्वास सम्बन्धी समस्या थियो ।

दीक्षितले नेपाली साहित्यका लागि विशिष्ट योगदान दिनुभएको छ । उहाँले मदन पुरस्कार, साझा पुरस्कार, पद्यमश्री पुरस्कारलगायत विभिन्न पुरस्कार तथा सम्मान पनि प्राप्त गर्नुभएको छ । दीक्षितका ‘माधवी’, ‘ऋग्वेद स् केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’लगायत ४६ कृति छन् ।

दीक्षितको पत्रकारिता क्षेत्रमा पनि उल्लेख्य योगदान छ । १९७९ फागुन ६ गते काठमाडौंको गौरीधारामा जन्मिनुभएका दीक्षितका श्रीमती, तीन छोरा र एक छोरी छन् । परिवारका अनुसार मदनमणि दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

तपाईको प्रतिक्रिया