राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज बिशेष गीतहरु नै पछिल्लो समयमा बजारमा आइरहंदा अन्य गीत संगीत बजारमा ल्याउनेहुने कलाकार पनि कमि देखिएको छैन । तीज गीत हेर्ने र सुन्ने संगीत पारखिहरुको जमात फरक होलान तर यस्ता सदाबहार गीतका अनुरागी पनि कमि छैन भन्दै गायिका एलिना राईले आफ्नो प्रस्तुतिमा आधुनिक गीत “छाडी जाने” भर्खरै बजारमा ल्याएकी छिन् । एक धोकेबाजको सम्झनामा तयार पारिएको यस गीतमा एलिना राईको सुमधुर स्वर रहेको छ भने शब्द रचना प्रमोद चाम्लिङ्ग र संगीत नबिन कार्कीको रहेको छ ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा अभिनय संदेश राई, सुजिता राई र मनिषा राईको अभिनय देख्न सकिन्छ । प्रमोद चाम्लिङ्ग द्वारा निर्देशित “छाडी जाने” बोलको यो आधुनिक गीतको म्युजिक भिडियोलाई छायाँकन तथा सम्पादन बिनोद बिनिरजारा राईको रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया