काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति नयाँ बसपार्क र लोकदोहोरी व्यवसायी संघ नेपालको संयुक्त आयोजनामा शनिबार सरसफाई कार्यक्रम गरिएको छ ।

भरखरै सम्पन्न प्रतिष्ठान उपत्यका समन्वय नयाँ बसपार्क समितिको दोस्रो अधिवेशनबाट निर्वाचित अध्यक्ष अञ्चल शाहीको संयोजनमा आयोजित कार्यक्रममा काठमाडौँको मित्रनगर- २६ म्हीपीको पुलदेखि गोंगबु चोकसम्मको सडक शनिबार बिहान सरसफाई गरेको हो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका अध्यक्ष पिएन सापकोटा, वरिष्ठ उपाध्यक्ष सुजन लम्साल बसपार्क समितिको सल्लाहकार कमल घिमिरे लगायत विभिन्न कलाकारहरुको सहभागिता रहेको थियो । नयाँ बसपार्क समितिका नवनियुक्त अध्यक्ष शाहीले आफु निर्वाचित भएपछी यो जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

आगामी दिनमा पनि यस्तै कार्यक्रम गरिने उनले बताए । ‘यो हाम्रो सानो सुरुवात मात्रै हो, सानो सुरुवातबाटै समाजमा जनचेतना फैलाउने उद्देश्यले यो आयोजना गरिएको हो, अबका दिनमा अझै बृहत सामाजिक अभियान गरिनेछ,’ अध्यक्ष शाहीले भने । सोही क्रममा उपत्यका समन्वय समितिका अध्यक्ष पिएन सापकोटाले पनि प्रतिष्ठानका ९ ओटै समितिले क्रमिकरुपमा यस्तै कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।

‘सामाजिक कामको सुरुवात नै सानोबाट गरिने हो, काठमाडौँको धेरै क्षेत्रमा फोहोरले दुर्गन्ध फैलिएको छ, हामीले यसभन्दा अघि पनि केही स्थानहरुमा सरसफाई गरेका थियाैँ र अबका दिनमा अझै नगर तथा महानगर प्रसाशनसँग सम्झौता गरेर जनचेतनामुलक कार्यलाई अघि बढाउने छौं,’ उनले भने । यस कार्यले सरकारलाई पनि सघाउ पुर्याउने अध्यक्ष सापकोटाले दाबी गरे । कार्यक्रमको सौजन्य शान्ती दोहोरी साँझका सञ्चालक कमल घिमिरेले गरेका थिए ।

श्रोत souryaonline.com बाबुराम सिग्देल ।

तपाईको प्रतिक्रिया