राजु बोहरा–काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय चाबहिल समितिले यहि आउँदो भाद्र ११ गते काठमाण्डौको जडीबुट्टी स्थित सैलुङ्ग रोधिघरमा महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा आयोजित तीज बिशेष दर खाने कार्यक्रम २०७६ सम्पन्न गर्ने भएको छ ।

अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन भन्ने मुल नाराका साथ बिगत निकै लामो समय देखि क्रियासिल संस्थाले यस अगी पनि थुप्रै त्यस्ता कार्यक्रमहरुको आयोजना गरिसकेको छ । उक्त कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि कार्यक्रम कि संयोजक सर्मिला लामाले सबै माझ अनुरोध गरेकी छिन् ।

नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा आयोजित यी यस्ता कार्यक्रमहरु बाट भड्किलो संस्कृतिको जगेर्ना गर्ने आयोजकको भनाई रहेको छ । उक्त तीज बिशेष तथा दर खाने कार्यक्रम २०७६ मा नेपालका चर्चित कलाकारहरुको प्रत्यक्ष प्रस्तुति रहने कुरा जानकारी प्राप्त भएको छ ।

चर्चित कलाकारहरुको साथमा अन्य संगीत पारखीहरुले पनि कार्यक्रममा उपस्थित भएर सोभा बढाईदिनुहुन आयोजकले अनुरोध गरेको छ । भर्खरै सम्पन्न  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय चाबहिल समितिको छैठौं बार्षिक साधारण सभा तथा दाश्रो अधिवेशन सम्पन्न पश्चात नव निर्वाचित कार्यसमितिले आयोजना गर्ने यो कार्यक्रम पहिलो हो ।

तपाईको प्रतिक्रिया