राजु बोहरा–काठमाडौँ । सेवा नै धर्म हो भन्ने मूल मन्त्रलाई आत्मासाथ गर्दै प्रबासमा रहेर आफ्नो जन्म भुमि प्रतिको सेवा भावले स्थापित नेपाल लक्जेम्बर्ग लोक कल्याणकारी संस्थाको गौरबमय छैठौं वार्षिकउत्सव यहि १५ सेप्टेम्बर २०१९ को दिन सम्पन्न हुने भएको छ । उक्त कार्यक्रम ख्यातिप्राप्त राष्ट्रिय लोक कलाकार श्रीकृष्ण बम मल्ल, लक्ष्मी मल्ल, आर.सी सापकोटा रमिला न्यौपाने, सहिमा श्रेष्ठ लगाएतको  उपस्थितिमा center cultural transchapp limpertsbe मा दिनको १ बजे सम्पन्न हुने आयोजक नेपाल लक्जेम्बर्ग लोक कल्याणकारी संस्थाले जानकारी गराएको छ ।

बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि सामाजिक कार्यमा निरन्तरता दिंदै नेपाली संस्कृतिको जगेर्ना साथै प्रबासमा रहेका स-साना बाबु नानीहरुलाई नेपाली संस्कृति संग परिचित गराउन पन्चेबाजा खरिद पनि गरिसकेको छ । एक राष्ट्रभक्त निष्ठावान देश प्रेमी निडर र अडिक पत्रकार रबि लामिछानेले निर्माण गर्न लागेको नेपालको अति बिकट स्थानमा निर्माणधिनराष्कोट सामुदायिक अस्पतालमा पनि नेपाली रु दुई लाख यसै बर्ष संस्थाले सहयोग स्वरूप हस्तान्तरण गरिसकेको छ ।

संस्थाका सदस्यहरुको बाहुल्यता रहेको गुल्मी जिल्लाको नबिन हेल्थकेएर इन्द्रेगौडामा दुई थान स्टेचर र एक थान ह्विल चिएर समेत प्रदान गरिसकेको छ । यस्तै बिभिन्न निकायमा आफ्नो सहयोग उपलब्ध गराउने क्रममा स्वेता फाउन्डेसन द्वारा निर्माणधिन माझि वस्ती पुनः निर्माणका क्रममा संस्थाको फाउन्डर स्वेता खड्काको उपस्थितिमा करिब ६५ हजार सहयोग गरेको थियो ।

यसैगरी २०७६ सालको वर्षायाम समयमा गुल्मी जिल्लाको सत्यवती गाउँपालिकामा पर्ने लिम्धा २ ठुलो लुम्पेकमा बाढी पहिरो पिडित वस्तीमा संस्थाकी सदस्य बिनु थापाको प्रत्यक्ष उपस्थितिमा सहयोग रकम हस्तान्तरण भैसकेको छ । संस्थाका अध्यक्ष रमाकान्त शर्माले आफ्नो व्यक्तिगत साथै नेपाल लक्जेम्बर्ग लोक कल्याणकारी संस्थाको तर्फबाट यहि १५ सेप्टेम्बर २०१९ का दिन हुन गैरहेको संस्थाको छैठौं वार्षिकउत्सव बिभिन्न तहतप्काबाट भब्य रुपमा सफल पार्नका लागि लक्जेम्बर्ग बासि सम्पूर्ण बुबाआमा दाजु भाई तथा दिदि बहिनि र स-नानि बाबुहरुलाई अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया