राजु बोहरा–काठमाडौँ । बिगत निकै लामो समय देखि प्रबासमा रहेर आफ्नो दैनिकी बिताईरहंदा मन निसासिएका अशंख्य परदेशीहरुको यथार्थतालाई चित्रण गर्दै बिन्दास खुट्टे, रामकुमार पौडेल, कृष्ण लामा दिलिप घर्ति मगर र शितल मगरको प्रस्तुतिमा “घर सम्झी फरक परदेशी” बोलको गीत भर्खरै सार्बजनिक भएको छ । गीतमा सम्पूर्ण प्रबासमा रहेका नेपालीहरुलाई मानो रोपे मुरी आफ्नै भूमिमा फल्छ भन्दै, स्वदेश फर्किएर खेति किसानी गरेर नै आफ्ना दैनिकी अगाडी बढाउँ भन्ने किसिमको संदेश प्रबाह गर्न खोजिएको छ ।

बहु प्रतिभावान कलाकार रामकुमार पौडेल र शान्ति श्री परियाको सुमधुर स्वरमा सजिएको यस गीतलाई लय रामकुमार पौडेलले तयार पारेका हुन् भने शब्द बिन्दास खुट्टेको रहेको छ । गीतको सुभारम्भ देखि अन्त्य सम्म सुन्ने र हेर्ने हो भने राष्ट्र निर्माणका निमित्त सबैलाई उर्जा थपेको मनन गर्न सकिन्छ ।

यस गीतको म्युजिक भिडियोमा बिनोद श्रेष्ठ, सबिना मोक्तान, बाल कलाकार प्राथना पौडेल र साथीहरुको लोभ लाग्दो अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन सगर लामा, छायांकन बिजय लामा र सम्पादन सुजन शाहीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया