राजु बोहरा–काठमाडौँ । संगै जिउछु अनि संगै मर्छु भन्ने बाट घात भएपछी कस्को मन सम्हालिंछ र ! हो यस्तै  घाती मायाको प्रसङ्गमा एक निकै घत लाग्दो गीत “पिरतीमा घात” भर्खरै सार्बजनिक भएको छ । मिना बोहराको प्रस्तुतिमा रहेको यस गीतले जो कोहि प्रेममा घात सहेर बसेका छन् उनीहरुका लागि मन भुलाउने माध्यम बन्न सक्दछ । सिदान्त परियार र मिना बोहराको स्वरमा रहेको यस गीतलाई लय शब्द सिदान्त परियारले गरेका छन् ।

निकै कर्णप्रिय ढंगबाट तयार भएको यस गीतको म्युजिक भिडियोमा सौगात जोशी र मिना बोहराको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन गायक तथा सर्जक कपिल मगरले गरेका हुन् भने छायांकन कृष्ण जी.एम र सम्पादन दिपक विष्टले गरेका छन् । हामी यस गीतलाई तयार पार्न सहयोग पुर्याउनु हुने सम्पूर्ण कलाकारहरुमा सफलतको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया