राजु बोहरा–काठमाडौँ । बिगत निकै लामो समय यता एक संचार माध्यममा रहेर आम जना समक्ष सूचना प्रबाह गरिरहेका पत्रकार एस.बि साउदले  ‘लागेन टुंगो’ बोलको नयाँ गीतको म्युजिक भिडियो भर्खरै सार्बजनिक गरेका छन् । त्यसो त उनले यस अगी पनि धेरै गीतहरु बजारमा पठाईसकेका छन् । बजारमा पठाईसकिएको गीतहरु मध्ये एस.बि ले  ‘लागेन टुंगो’ बोलको गीतबाट निकै धेरै दर्शक एवं श्रोताहरुको साथ् पाउने कुरामा आशाबादी रहेका छन् । लगानीको हिसाबले पनि उनले कुनै कन्चुसाई गरेका छैनन् । सोहि कारणले पनि अहिले चलनचल्तीमा रहेको गीत भन्दा मिठास्ता थोरै पनि कमि यस गीतमा छैन ।

स्वभावले भलाद्मी पत्रकार एस.बि ले पत्रकारिता क्षेत्र र संगीतलाई सँगै अगाडि बढाउने क्रममा ओ.एस.आर डिजिटलको युट्यूव च्यानलबाट ‘लागेन टुंगो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । सुमधुर आवाजकी धनी गायिका मेलिना राई र उनकै स्वरमा सजिएको गीतलाई साउदको आफ्नै शब्द र संगीत रहेको छ भने संगीत नरेन्द्र वियोगीले भरेका हुन् ।

यस गीतको म्युजिक भिडियोमा गम्भिर बिष्ट र जुना सुन्दासको उत्कृष्ट अभिनय रहेको छ । भिडियोलाई निर्देशन गम्भिरले गरेका हुन् भने कोरियोग्राफी सुबोल थापा छायाँकन नबराज उप्रेती र सम्पादन नबिन निरौलाले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया