राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा सर्वप्रिय मानिएका गायक तथा सर्जक किरणबाबु पुन र भरातीय गायिका संजीवनीको सुमधुर स्वरमा भर्खरै एक निकै उत्कृष्ट गीत सार्बजनिक भएको छ । धार्मिक आस्थामा बेलाबखत द्वन्द भैरहेने हाम्रो समाजमा प्रस्तुत गीतबाट मानवता नै सबै भन्दा ठुलो धर्म हो भन्ने कुरा प्रष्ट्याउन खोजेको छ । किरणबाबु पुन कै लय तथा शब्द सिर्जनाबाट तयार भएको यस गीतले समाजमा जात धर्मको पक्ष्यपातीहरुलाई सकारात्मक संदेश जगाउंदै चेतना फैलाउने बिश्वास लिन सकिन्छ ।

“धर्म” नाममा बजारमा आएको प्रस्तुत गीतको म्युजिक भिडियोले पनि गीतले जति सकारात्मक भाव बोक्यो उत्तिकै सचेतना जगाउने बिस्वाश लिन सकिन्छ । प्रेम थापा र सगुन शाहीको अभिनयमा सजिएको गीतको म्युजिक भिडियोलाई निर्देशन बाबुराजा के.सी उज्ज्वलले गरेका हुन् भने छायांकन मधुर बस्नेत र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


 

तपाईको प्रतिक्रिया