राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतबाट मौलिकता भुल्न हुन्न भन्ने मान्यता बोक्दै गायक दिपक ढकालले “धान काटेर निन” बोलको गीत सार्बजनिक गरेका छन् । यस अगी पनि क्या राम्री बुट्टे चोलीमा “होर ए” “होर ए २” “त्रिसुली ककनी” लागएतका गीत संगीहरु बजारमा ल्याइसकेका उनि आफ्नो मौलिक संस्कृतिबाट कहिले पछी हटेनन् । फलस्वरूप दिपक ढकालको यो “धान काटेर निन” बोलको यो पछिल्लो सांगीतिक प्रस्तुति हो । प्रस्तुत गीतमा दिपक ढकाल र पार्वती कार्कीको अन्यन्त लोभ लाग्दो स्वर लहरी सजिएको छ ।

पार्वती कार्कीको लय र दिपक ढकाल अनि पार्वती कार्कीको शब्दबाट सुसजित यस गीतको म्युजिक भिडियोमा शुक्र लामा र रिना थापा मगरको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन निरेश श्रेष्ठले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया