राजु बोहरा–काठमाडौँ । नेपाली लोक गीत संगीतको क्षेत्रलाई फराकिलो बनाउनका निमित्त सुर-संगीत सोलुसन प्रालि पछिल्लो पटक निकै जुर्मुराई रहेको म्युजिक कम्पनि हो । यस म्युजिक कम्पनीले यस अगी थुप्रै गीतहरु बजारमा ल्याइसकेको छ । सोहि क्रममा प्रतिभावान युवा सर्जक रमेश परियारको मौलिक लय तथा शब्द सृजनामा “धानको पराल” बोलको गीत पनि भर्खरै बजारमा ल्याएको छ । सर्जक रमेशले आफ्नो सांगीतिक यात्राको क्रममा मौलिकतालाई आफ्नो समिपमा राखेर गीत संगीत बुन्ने गर्दछन् । जस्को कारण पनि उनि सांगीतिक मनहरुको ढुकढुकी बन्न सफल भएका छन् ।

“धानको पराल” बोलको गीत साधना घलेस्योको प्रस्तुतिमा बजारमा आएको हो । यस गीतमा मौसम गुरुङ्ग र साधना घलेस्योको सुमधुर स्वर सुन्न सकिन्छ भने प्रस्तुत गीतको म्युजिक भिडियोमा दुर्गेश थापा र अन्जली अधिकारीको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ ।भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन अजय रेग्मी र सम्पादन दिपक विष्टले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया