राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरु माझ पृथक स्वाद प्रदान गर्ने क्रममा वल्ड कभर मिडिया प्रालिले “मान्छे चिन्ने हो” बोलको गीत भर्खरै बजारमा ल्याएको छ । हरेक कलाकारहरुलाई कुनै पनि सिर्जना तयार गरेपछि जसरी हुन्छ, अन्यको तुलनामा उत्कृष्टता दिने चाहना हुन्छ । यसै कुरालाई ध्यानमा राखेर बजारमा आएको सुरेश शाही र पुष्पा बोहराको सुमधुर स्वर द्वारा सुसजित यस गीतको पनि सबै समायोजन उत्कृष्ट भएकोले अशंख्य श्रोता तथा दर्शकहरुको मनमा बस्ने कुरामा ढुक्क हुन सकिन्छ ।

सुरेश शाहीको शब्द संगीतमा सजिएको यस गीतको म्युजिक भिडियोमा याङ्गशु श्रेष्ठ र सुरेश थापाको आकर्षक अभिनय देख्न सकिन्छ ।भिडियोलाई निर्देशन बिरेन्द्र भाट “विपिन” ले गरेका हुन् भने छायांकन रामसिङ्ग भाट, कोरियोग्राफी बिक्रम चौहान र सम्पादन निर्देशन स्वयम् बिरेन्द्र भाट “विपिनले” नै गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया