राजु बोहरा–काठमाडौँ । हिन्दु नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित अहिले सांगीतिक बजारमा उक्त पेरिफेरिका गीतहरु प्रसस्त्र मात्रामा आउन थालेका छन् । यसरी बजारमा आएका गीतहरुले प्रायजसो गरिब निमुखाहरुको यथार्थता नै बोलेका हुन्छन् । तर दशैं मात्र दुख नभै आफ्नो गक्ष्यअनुसार मनाएमा हर्ष र उमङ्गका साथ् पनि ग्रहण गर्न सकिन्छ । त्यसैले अरुको देखासेखिमा भन्दा आफ्नो स्थिति अनुसार यस पर्बलाई मनाऊँ भन्ने किसिमको संदेश बोकेका गीतहरु पनि बजारमा आइरहेका छन् ।

यस्तै उमङ्गले भरिपुर्ण गोबिन्द घोरासैनी र रामचन्द्र चौलागाईंको प्रस्तुति “रातो टिका दसैंमा जमरा” पनि बजारमा आइसकेको छ । गीतले निकै समय प्रबासमा रहेका एक युवा आफ्नो घरपरिवार संग यस बर्षको दशैँ मान्न पाउने खुसीमा गीत मार्फत नै फुरुङ्ग बनेका छन् , भने यता आफ्नी अर्धांगिनी पनि फुरुङ्ग बनेको भाव गीतमा समाबेश गरिएको छ । “रातो टिका दसैंमा जमरा” बोलको गीतमा संचारकर्मी एवं गायिका कल्पना दुलाल, सपना कुवँर, गोबिन्द घोरासैनी र रामचन्द्र चौलागाइको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय वालचन्द्र घोरासैनी र रामचन्द्र चौलागाईंले भरेका हुन् भने शब्द रामचन्द्र चौलागाईं र गोबिन्द घोरासैनीले तयार पारेका छन् ।

राम सिंह, लिला के.सी बद्रि खड्का, राम तामाङ्ग, लक्ष्मण बन्जारा, दिब्य दुलाल र सुजाता देउजाको देख्न सकिन्छ । भिडियोलाई निर्देशन राम सिंहले गरेका हुन् भने छायांकन रबिन बजगाईं र सम्पादन प्रकाश एस.के ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया