काठमान्डौ अशोज ०८ –  नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावलीको शुभकामना सहित बिभिन्न स्वादका गीतहरु बजारमा आउने क्रम्म जारी रहेको छ । सोहि क्रममा रामचन्द्र चन्द र सागर पन्थको संयुक्त प्रस्तुति “लाहुरे आयो” बोलको गीत पनि भर्खरै सार्बजनिक भएको छ । गीतमा रोजगारको सिलसिलामा आफ्नो जन्मथलो छोडेर परदेसिएका सम्पूर्ण नेपाली र आफन्तजनको दुख विर्साउने र दशै तिहारमा सबैजना जम्मा भएर रमाईलो गर्दै नाँच्दै नचाउँदै सबैमा सम्मान र सद्भाबको भावना फैलाउँदै चाडबाडमा रमाईलो गर्नुपर्छ भन्ने सन्देश गीतमा दिइएको छ । गीतमा रामचन्द्र चन्द र सागर पन्थको नै सुमधुर स्वर सुन्न सकिन्छ ।

प्रस्तुत गीतको लय तथा शब्द सिर्जना बहुप्रतिभासाली सर्जक अनील खनाल गरेका हुन् भने यस गीतको म्युजिक भिडियोमा लाहुरेको अभिनय गायक द्वय रामचन्द्र चन्द र सागर पन्थले गरेका छन् । यस गीतको म्युजिक भिडियोलाई थप आकर्षक बनाउनका लागि सलीना नेपाली र नरेन्द्र आचार्यको नृत्य पनि समाबेस गरिएको छ । बिनोद बम द्वारा निर्देशन तथा सम्पादन भएको गीतको म्युजिक भिडियोलाई छायांकन सुरेश श्रेष्ठले गरेका हुन् । गीतको बजार ब्यबस्थापन शैली कृयशन प्रालीले रहेको छ ।

गीत सार्वजनिक भएसँगै देश तथा विदेशबाट बधाइ तथा शुभकामना दिने क्रम बढेकाे गायक चन्दले जानकारी गराएका छन् । उनको अनुसार माैलिक लाेक दशैं गीतलाई सबैकाे साथ र सहयाेग पाउने कुरा विश्वास गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया