राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रका लागि एक आशा लाग्दी गायिका एवं गीतकार मिरादेबी राईको प्रस्तुति “ठमेल बजारमा” भर्खरै मात्र बजारमा आएको छ ।बिजया दशमी तथा शुभदिपावलीको शुभकामना सहित बजारमा ल्याईएको यस गीतले अशंख्य नेपालीहरुलाई यस बर्षको दशैं पर्वलाई मनाउन उमङ्ग थप होस् भन्ने चाहना राखिएको छ । राई इज किङ्ग अर्थात् चर्चित गायक राजेश पायल राई र गीतकार मिरादेबि राईको सुमधुर स्वरमा सजिएको यस गीतलाई मिरादेबी राईले लेखेकी हुन् भने संगीत नबिन कार्कीको रहेको छ ।

बैगुनि माया ,तिमिलाई पाए ,आऊ आऊँ साथि जस्ता आधुनिक गीतहरु बजारमा ल्याइसकेकी गायिका राईले यस गीतलाई पनि संगीत पराखिहरुले आफ्नो उच्च रोजाइमा राखिदिने कुरामा ढुक्क रहेकी छिन् । सार्वजनिक गीतलाई सुमन केसीले एरेजं गरेका हुन् । जिविस राईको निर्देशनमा तयार भएको “ठमेल बजारमा” बोलको गीतको म्युजिक भिडियोमा  दिक्पाल कार्की र हिरादेबी राई अभिनय देख्न सकिन्छ । भिडियोलाई ओम प्रसाईंले खिचेका हुन् भने सम्पादन तथा कलर करेक्सन अनिल कुमार महर्जनको रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया