काठमाडौँ असोज ३० – लोकप्रिय गायक प्रमोद खरेलको घात बोलको गीत प्रकाशनमा ल्याएका छन् । चर्चित गीतकार तथा संगीतकार खेम सारु मगरको शब्द अनि संगीतमा सजिएको उक्त गीतलाई प्रमोद खरेलले गाएका हुन् । सोहि गीतको भिडियोलाई सरोज खतिवडाले निर्देशन गरेका हुन् , गीतलाई आफ्नो जिबन्त अभिनयद्वारा शुसज्जीत गरेका छन् मोडेल रमेश तामाङ र निताले ।

नवप्रतिभाको रुपमा देखिएका रमेशको निकै राम्रो सम्भावना देखिन्छ, चकलेटी अनुहार परेका रमेशको यो पहिलो म्यूजिकब भिडियो हो । गीतको भिडियोलाई राम केसीले छायांकन गरेका छन् भने सम्पादन बिनोद बमले गरेका हुन् । सबै तवरबाट उत्कृष्ट बनेको यस गीत र गीत संग सम्बन्धित सम्पूर्ण कलाकार अनि प्राविधिकहरुलाई हाम्रो तर्फबाट लाखौँ लाख शुभकामना । गीतको अडियो तथा भिडियोको सर्वधिकार खतिवडा म्युजिक प्रालि संग रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


 

तपाईको प्रतिक्रिया