काठमान्डौ असोज ३० – सांगीतीक क्षेत्रमा पछिल्लो समयमा पृथक किसिमका सांगीतीक कोसेलीहरु बजारमा आउने क्रम जारी छ । सोही क्रममा राजु बिरही लामाको पृथक सांगीतीक कोसेली ”सिलौटो” दुई साता नबित्दै अहिले चर्चा परिचर्चामा रहन सफल भएको छ । यस गीतमा चर्चित गायिका बिष्णु माझी र बाल कुमार श्रेष्ठको स्वर रहेको छ भने चर्चित गीतकार, संगीतकार शिब हमालको शब्द तथा संगीत रहेको छ ।

चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा नवराज उप्रेतीको छायांकन, बिष्णु शर्माको सम्पादन, रेनिश फागोको रंग संयोजन रहेको छ । उक्त गीतको भिडियोमा चर्चित गायक कुलेन्द्र बिक र चर्चित नायिका मरिस्का पोखरेलको अभिनय हेर्न पाईन्छ । यस गीतलाई शाई भिजन प्रा.लि. ले दृश्य निर्माण गरेको हो भने चन्द्र सुर्य फिल्मस् प्रा.लि. ले बजार ब्यवस्थापन गरेको छ । कस्तो छ त गीत ? एक पटक अवस्य हेर्नुहोला । भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया