आर पोखरेल , काठमान्डाँे  , कात्र्तिक १ 
नेपाली लोकदोहोरी गीत संगीतमा सक्रिय रुपमा क्रियाशिल गायक झलक विरही थापा र गायिका लक्ष्मी धतानीको आवाजमा सजिएको “सोले पारी ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ  ।
प्रेम र वियोगान्त मन भित्रका भावहरुलाई गीतमा समेटिएको छ  । आफुले माया गरेको मायालुको याद मायालुले छाडेर गएपनी याद आइरहने कुरा गीतमा ब्यक्त गरिएको छ  । आफनी मायालुलाई भुल्न नसकिने कुरा गीतमा गरिएको छ  ।
मनको विरही भावहरुलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ  । विपिन पौडलेको शब्द तथा झलक विरही थापाको लय सिर्जना रहेको छ  । गीतमा इन्द्र जिसीको एरेन्ज रहेको छ  । पिरतीको झल्कोले दिन रात सताउने कुरा गीतमा गरिएको छ  । रोशन भाटको छायाँकन , खुम गैरेको निर्देशन भिडियोमा रहेको छ  । “सोले पारी ”गीतको भिडियोमा लोमश र अस्मिको अभिनय तथा नृत्य रहेको छ  ।
“सोले पारी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला । 





 
					 
				













 





















































