काठमाडौं

गायिका तथा संगीतकार रेखा पौडेललाई बेष्ट म्यूजिक डाइरेक्टर अवार्ड प्रदान गरिएको छ । भारत राजस्थान निमोडाको चित्थोरगढमा असोज २६ गते भएको एक कार्यक्र्मका बीच पौडेललाई अवार्ड सहित सम्मान गरिएको हो । पौडेललाई डाक्टर शोखिम वर्माले अवार्ड प्रदान गर्नु भएको थियो ।

इन्टरनेशनल फेसबुक फ्रेण्डशीप अवार्ड अन्र्तगत पौडेलाई म्यूजिक डाइरेक्टर बिधामा अवार्ड प्रदान गरिएको हो । पौडेललाई पोलोटिक टाइम्स इन्डियाले अवार्ड प्रदान गरेको हो । अन्तर्राष्ट्रिय रुपमा अवार्ड पाए पछि पौडेलले खुसी लागेको बिकास टाइम्सलाई बताईन। नेपाली सांगीतिक क्षेत्रकी सफल गायिका तथा संगीतकारका रुपमा चिनिने पौडेल नेपाल चलचित्र क्षेत्रकी पहिलो महिला संगीतकार हुन् । उनले एक सय भन्दा बढी गीतहरुमा संगीत दिएकी छन् । उनले आठ वर्ष अघि देखि संगीतयात्रा सुरु गरेकी थिइन ।

तपाईको प्रतिक्रिया