काठमाण्डौ मंगसिर १० – सारङ्गीका तारहरु रेटेर, मिठो धुन निकालेर सबैलाई मन्त्रमुग्ध पार्ने सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीले पछिल्लो समयमा आफ्नै सुमधुर स्वरमा “आकाशै ज्यानको” बोलको अत्यन्त मन छुने गीत बजारमा लिएर आएका छन् । बालापन, भाग्यमानी , झुटो माया लगायत थुप्रै गीतमा आफ्नो सारङ्गी र स्वर भरिसकेका प्रतिभावान कलाकार रसाइलीले पछिल्लो समयमा बिल्कुलै फरक गीत सार्बजनिक गरिरहँदा अब फेरी नेपाली संगीतको क्षेत्रले अर्को एउटा उत्कृष्ट सिर्जना पाएको बिश्वास गर्न सकिन्छ ।

हेमन्त कान्छाको संगीत अनि स्वर रहेको उक्त गीतको शब्द डिपी खनालले लेखेका हुन । प्राय मौलिक लोक गीत गाउने रसाइलीले यो गीतमा भने लोकपप फ्लेभरको लय अनि स्वर दिएका छन । माया प्रेममा आधारित उक्त गीतको अडियो जति सशक्त छ, भिडियो पनि त्यति नै सशक्त बनेको छ । भिडियोमा गीतको कथा वस्तु अनुसार पात्रहरु परिचालन गरिएको छ ।

आकाशै ज्यानको” बोलको गीतको म्युजिक भिडियोमा देबेन्द्र बब्लु, सोनाम काउछा मगर, बिशाल घिमिरे र गायक स्वयम् हेमन्तको पनि अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन तथा छायांकन अनिल के मानन्धरले गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया