काठमाडौँ मंगसिर २२ , विभिन्न गीत संगीतहरु बजारमा आउँदै गर्दा अहिले नेपालि गीत संगीतका कलाकारले फरक फरक धारका गीत संगीतहरु बजार पठाउने गरेका छन् । यसै क्रममा बोलमाया र गलबन्दी जस्ता गीतबाट निकै चर्चामा रहेकी गायिका सुमधुर स्वरकी धनी शान्ती श्री परियार र चर्चित गायक सर्जक दुर्गा बिरहीको मार्मिक कमेडी गीत कुखुराको सुली सार्वजनिक भएको छ ।

दुर्गा बिरहीको शब्द तथा सङ्गीत रहेको गीतको करण चैसिरले छायांकन गरेको छ । विनोद सुन्दासको निर्देशन तथा कोरियोग्राफी रहेको गीतलाई विश्वास नेपालले एरेन्ज गरेका छन् । यसअघि पनि बिरहीले निकै कर्णप्रिय गीत संगीतहरु बजारमा ल्याएर अशंख्य स्रोता दर्शकहरुको मन जित्न सफल भैसकेको छ । आत्म विस्वाश फिल्मस् प्रालिको प्रस्तुतीमा सार्वजनिक गीतको सम्पादन भने मनोज कार्कीले गरेका छन् । भिडियोमा रोनिश घिमिरे, अमृता भट्ट र मनिश खड्काको अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया