काठमाण्डौ मङ्सिर २४ –  नेपाली लोक तथा दोहोरी गीत संगीतकी सर्वप्रिय गायिका बिष्णु माझीको सुमधुर स्वरमा ”गिनिजबुक” बोलको गीत हालै मात्र डिजिटल बजारमा प्रकासित भएको छ । सावित्री परियार (सानु) को प्रस्तुतिमा बजारमा आएको गीतमा बिष्णु माझी संगै गायक आर सी सापकोटाको पनि सुमधुर स्वर सुन्न सकिन्छ । अत्यन्तै मर्मस्पर्सी शब्दहरुले श्रींगारिएको यस गीतलाई उत्तिकै न्याय दिएर प्रतिभावान युवा गोर्खाली कलाकार रमेश परियारले भाका बनाएका छन् । उनि द्वारा लय तथा शब्द सिर्जना भएको गीतहरु यस भन्दा पहिले पनि अन्यकौं बजारमा आइसकेका छन् । ”गिनिजबुक” बोलको संगीत संयोजक बिनोद बाजुरालिले गरेका हुन् ।

गीतको भिडियो पनि धेरैनै मिहेनेत्का साथ् निर्माण गरिएको छ । निर्देशक मोडेल छायाँकार तथा भिडियोसंग सम्बन्धित व्यक्तित्वहरुको कामको उत्कृष्टताले नै छोटो समयमै अत्याधिक दर्शक श्रोताहरुको माया पाइरहेको छ । भिडियोलाई पछिल्लो पुस्ताका ब्यस्त एबम लोकप्रिय निर्देशक तथा मोडेल काजिश श्रेष्ठले निर्देशन गरेका हुन् । छायांकन सुरेश श्रेष्ठले गरेका हुन् भने आफ्नो कुशल अभिनय द्वारा बिमल अधिकारि र सारिका केसीको अभिनयले थप आकर्षक प्रदान गरेको छ ।

अभिनयमा साथ् धुर्व कोइराला, अनिल परियार र बाल कलाकार सदिक्षा परियार पनि दिएका छन् । ”गिनिजबुक” बोलको गीतको म्युजिक भिडियोलाई पदम सुबेदीको सम्पादन, मिलन बि.कले रंग भरेका हुन् । गीतले सबैको मन जित्न सफल होस्, यस गीत संग सम्बन्धित सपूर्ण श्रष्टा कलाकार तथा प्राविधिकलाई हाम्रोतर्फ बाट पनि सफलताको लाखौँ लाख शुभकामना ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया