काठमान्डौ मंगसिर २४ – सांगीतीक क्षेत्रमा अहिले नयाँ काण्डको रुपमा सुटिङ काण्डको चर्चा हुन लागेको छ । सांगीतीक क्षेत्र बिगत भन्दा बर्तमान अवस्था झन खस्किदो छ । पहिला अडियो चक्का, भिसिडी, सिआरबिटी बिक्री हुन्थ्यो तर अहिले त्यो अवस्था छैन । हालः धेरै भ्युज कमाए पछि मात्र लगानी उठ्न सक्छ । पछिल्लो समयमा गीत संगीतमा लगानी गर्नु बालुवामा पानी हाले झै भएको छ । गीत संगीतमा लगानी भएको पैसा उपर गर्न गाह्रो छ । यस्तो अवस्थामा पनि कलाकारहरुले एक पछि अर्काे गीत बजारमा ल्याएका हुन्छन् ।

लगानीको हिसाबले पहिला भन्दा अहिले महंगो पनि रहेको छ । कलाकार राष्ट्रका सम्पती हुन् । एक कलाकारले अर्काे कलाकारलाई सम्मान गर्दै साथ सपोर्ट गर्न जरुरी छ । पछिल्लो समयमा सांगीतीक क्षेत्रमा नयाँ प्रकारको काण्ड आएको छ, त्यो हो सुटिङ काण्ड । लालुमै की मोडल सृष्टी खड्काले गायक, सर्जक अशिम कुमार कटुवालसँग सुटिङका लागी ३० हजार रुपैयामा डिलिङ भएर सुटिङ स्पोर्टमा गएसी ५० हजार रुपैया मागेसी गायक अशिम कुमार कटुवालले ४० हजार रुपैया दिदा पनि नमानेर सुटिङ स्पोर्टबाटै भागिन् । त्यस पछि सुटिङ युनिटलाई तनाव भयो । केही घन्टा पछि मोडल करिश्मा ढकाललाई अशिम कुमार कटुवालले फोन लगाए ।

करिश्मालाई सुटिङमा बोलाए । त्यसपछि केहि घन्टा मै करिश्मा ढकाल सुटिङ स्पर्टमा आई पुगिन् । करिश्माले साथ नदिएको भए सुटिङ क्यान्सिल भएर सबै लगानी बालुवामा पानी हाले झै हुन्थ्यो । भिडियो निर्माण गर्न सकिने थिएन । सुटिङ हुनु पुर्व डिलिङ गर्दा नै सबै कुरामा प्रष्ट हुन जरुरी छ । पछि सुटिङ स्पर्टमा गएर धोका दिन हुदैन । गायक अशिम कुुमार कटुवाल र मोडल सृष्टी खड्काको सुटिङ काण्डको बारेमा सबै कुरा थाहा पाउनका लागी तलको लिंक क्लिक गर्नुहोला ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया