राजु बोहरा–काठमाडौँ । नेपाली लोक दोहोरी गीत संगीतका प्यासी मनहरुको बीच दोलखाली युवा कलाकार तिर्थ बस्नेतको प्रस्तुतिमा “फर्की फर्की हेर्यौ त मायाले” बोलको गीत भखरै बजारमा आएको छ । उनि केहि समय अगाडी सम्म नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिको निमित्त एक संचार गृहमा रहेर आफ्नो भूमिका निर्वाह गरिरहेका थिए । त्यसो त संचार गृहमा रहेर मात्र होइन गायक तथा सर्जक तीर्थले बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा समर्पित रहेर आफ्नो भूमिका निर्वाह गरिनै रहेका छन् ।

सोहि क्रमको निरन्तरता स्वरूप तिर्थ बस्नेतले यस गीतलाई बजारमा ल्याएका हुन् । यसै क्षेत्रबाट बाँच्ने आधार नहुँदा पनि अशंख्य श्रोता तथा दर्शकहरुलाई आनन्दित तुल्याउन बजारमा ल्याइएको “फर्की फर्की हेर्यौ त मायाले” बोलको गीतलाई तिर्थ बस्नेत र प्रिय सेन्चुरिको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय शब्द पनि उनी कलाकार तीर्थले भरेका छन् ।

बिनोद बाजुरालीको संगीत संयोजन बाट सजिएको गीतको म्युजिक भिडियोमा दिप खड्का र आयुष्मा कार्कीको अभिनय देख्न सकिन्छ ।भिडियोलाई निर्देशन नारायण मगरले गरेका हुन् भने कोरियोग्राफी कल्याण चौलागाईं , छायांकन रोनिष तामाङ्ग र सम्पादन निर्देशक स्वयम् नारायण मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया