राजु बोहरा–काठमाडौँ । खानामा पनि मानिसहरुलाई फरक-फरक स्वादको आवस्यकता परे झैं गीत संगीत सुन्नमा सोहि अनुसारको स्वाद आवस्यकता पर्ने गर्दछ । यसै कुरालाई ध्यानमा राखेर अशोक मुकारुङ्गले “मायाले रुवाउँछ” एक निकै मनछुने गीत बजारमा ल्याएका छन् । मान्छे जन्मिन्छ, हुर्किन्छ र युवा अवस्थामा पुग्छ त्यसपछि अन्यकौं इक्षा अभिलासाले उसको मन ढाक्दै जाने क्रममा, त्यो इक्षा अभिलासालाई परिपूर्ति गर्नका निमित्त बिभिन्न बाधा ब्यबधानले छेकेपछिको भाव रुमलिएको यस गीतमा अशोक मुकारुङ्गको सुमधुर स्वर सुन्न सकिन्छ ।

ठमेलको बजारबाट अत्यधिक संगीत पारखिहरुको मष्तिस्कमा बस्न सफल गीतकार एवं गायिका मीरादेवी राई द्वारा रचित यस गीतलाई संगीत उत्तम राईले भरेका छन् । “मायाले रुवाउँछ” बोलको गीतमा अहिलेलाई अशोक मुकारुङ्ग स्वयम् ले आफ्नो लिप्सिङ्ग सहितको अभिनय देखाएका छन् । भिडियोलाई छायाँकन तथा सम्पादन मन्दिप मुकारुङ्गले गरेका हुन् हामि यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया