राजु बोहरा–काठमाडौँ । बिशेष गरेर काँठ क्षेत्रको गीत संगीतको सम्वृद्धिको लागि बिगत लामो समय यता जुर्मुराई रहेका प्रतिभावान युवा कलाकार राजेश ढकालले फेरी अर्को निकै उत्कृष्ट गीत बजारमा ल्याएका छन् । राजेश मात्र नभै “हे बैगुनी” नाममा बजारमा आएको यो गीत स्मृति गौतमको प्रस्तुति पनि हो । स्थायी घर काभ्रे रहेका राजेश ले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् ।

राजेश ढकाल र स्मृति गौतमको प्रस्तुतिमा बजारमा आएको यस गीतमा उनीहरु द्वय स्वयम् को सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय नबराज घोरासैनी, सरोज लामिछाने र गायक स्वयम् राजेश ढकालले भरेका हुन् भने शब्द राजेश ढकाल कै रहेको छ । रोमान्चक सैलिमा तयार भएको  “हे बैगुनी” बोलको गीतको म्युजिक भिडियोमा बिराज फुंयाल, विकास तामाङ्ग, कविता गुरुङ्ग, उर्मिला घिमिरे अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मिथुन वाइबा, कोरिग्राफी बिराज फुंयालले गरेका हुन् भने छायांकन मनोज राई, किरण रस्का र सम्पादन मनोज राई र अशोक गोलेले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया