राजु बोहरा–काठमाडौँ । पछिल्लो पटक रोमान्चक गीतहरुको बर्चस्व भैरहंदा नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरु माझ एक निकै मनछुने र घत लाग्दो “आर्यघाट” बोलको गीत भर्खरै बजारमा आएको छ । उक्त गीत संगीत प्रेमी प्रमिला पौडेलको नाममा बजारमा आएको हो । उनले केहि समय अगाडी सम्म कुबेतमा रहेर बिभिन्न लोक तथा दोहोरी गीतमा आफ्ना सिर्जनाहरु सजाएर बजारमा पठाउने गरेकी थिईन् । अहिले भने नेपाल फर्किएर यसै भूमिमा रहँदै नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिको निमित्त आफ्नो महत्वपुर्ण भूमिका निर्वाह गरिरहेकी छिन् ।

आफुले माया गरेको मान्छे कहिले आफ्नो नहुने भएपछी मरेपछिको अन्तिम दाहासंस्कारमा आर्यघाटमा आएर रमिता हेर्नु भन्ने जस्ता वियोगान्त भाव समाबेश गरिएको यस गीतमा राजु परियार र देबी घर्तीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय इन्द्र जी.सी ले तयार परेका हुन् भने शब्द संगीत प्रेमी प्रमिला पौडेलले नै तयार पारेकी हुन् ।

“आर्यघाट” बोलको म्युजिक भिडियोमा पनि सर्जक स्वयम् संगीत प्रेमी प्रमिला पौडेल देखिएकी छिन् । उनि द्वारा अभिनित यो पहिलो म्युजिक भिडियो हो प्रमिलाको साथमा प्रेम खड्काको पनि यस गीतको म्युजिक भिडियोमा जिबन्त अभिनय देख्न सकिन्छ । हुम गौरे द्वारा निर्देशित भिडियोलाई छायांकन टंक के.सी र समपदन निर्देशक स्वयम् हुम गैरेले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया