काठमाण्डौ मंसिर २८ – मंसिर २८ गते शनिबारका दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय चावहिल समितीको “बृहत बनभोज, सांस्कृतिक एबं सम्मान कार्यक्रम -२०७६” सम्पन्न भएको छ । सो कार्यक्रम सोही समितीका अध्यक्ष दिपक यात्री आचार्यको सभापतित्व र नव निर्वाचित केन्द्रिय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राजु ढकाल, राधिका हमाल, शंकर बिसी, शिब हमाल, कृष्ण रेउले, पिएन सापकोटा, बासु सिम्खडा, सुजन लम्साल, उपत्यका समन्वय समिती अन्तर्गतका ९ वटै समितीका अध्यक्ष तथा प्रतिनिधी लगायत अन्य कलाकार र पत्रकारको उपस्थिती रहेको थियो ।

यस कार्यक्रममा बिभिन्न कलाकारहरुको सांगीतीक प्रस्तुती रहेको थियो । कार्यक्रममा आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्ने ब्यक्ती संगै नव निर्वाचित कार्यसमितीलाई संयुक्त रुपमा सम्मान गरिएको थियो । बृहत बनभोज, सांस्कृतिक एबं सम्मान कार्यक्रम -२०७६ लाई सहयोग गर्नुहुने सम्पुर्णलाई आभार प्रकट गर्दै संस्थामा भएका कमि कमजोरीलाई सुधार्दै आगामी दिनमा दत्तचित्त भई संस्थाको हितमा कार्य गर्दै जाने र चावहिल समितीलाई सबैको साथ सपोर्ट रहने कुरामा बिश्वस्त रहेको कुरा सोही संस्थाका अध्यक्ष दिपक यात्री आचार्यले बताए ।

उक्त कार्यक्रममा नव निर्वाचित अध्यक्ष रमेश बिजीले पश्चिमेली, काठे, पुर्बेली या जुन सुकै क्षेत्रको भएतापनि सबैलाई समान रुपले सहभागीता, प्रतिनिधित्व गराउनुका साथै बिगतमा भएका कमी कमजोरीलाई सुधार्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । अध्यक्ष बिजीले आगामी दिनमा संस्थालाई अझै बलियो बनाउनुका सार्थै सबै कलाकारहरु सँग सम्बन्ध प्रगाढ गराउने र गुनासो नआउने माध्यम बनाउने कुरामा बिस्वस्त दिलाए । साथै आगामी दिनहरुमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल माथी कुनै पनि आँच आउन नदिने प्रतिबद्धता जाहेर गर्दै सल्लाह सुझाव तथा साथ सपोर्टको अपेक्षा गरेको कुरा ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया