राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्र ब्यवासाहिक रुपमा त्यति धेरै सफल देखिंदैन, तर कलाकारहरुले आफ्नो सिर्जना द्वारा अशंख्य श्रोता एवं दर्शकहरुलाई सांगीतिक आनन्द प्रदान गर्नका निमित्त अवरात्र खटिरहेका छन् । सोहि क्रममा यतिबेला नवगायक तथा युवा सर्जक लाल बहादुर बि.सी पनि यस क्षेत्रको सम्वृद्धिको लागि आएका छन् । उनि आफ्नो मौलिक प्रस्तुति लोकदोहोरी गीत “मर्न बेश लायो” लिएर आएका हुन् ।
गायिका शान्ति श्री परियार र गायक लाल बहादुर विसीको स्वरमा सजिएको ‘मर्न बेश लाग्यो’ बोलको गीतले आफुले माया गरेको मान्छे आफूबाट टाढा भएपछिको जिबंदेखी हार खाएको वियोगान्त भाव बोलेको छ । गीतमा गायक लाल बहादुरकै शब्द तथा लय रहेको छ, भने गीतको एरेञ्ज सञ्जय श्रीपालले गरेका छन् ।
मुर्चुङ्गा डिजिटल स्टुडियोको उत्पादनबाट सार्वजनिक भएको गीतको म्सयुजिक भिडियोलाई सरोज शाहीले निर्देशन गरेका हुन् । भिडियोमा जय देवकोटा र सिम्रन अमात्यको नृत्य तथा जिबन्त अभिनय देख्न सकिन्छ । अविनास डि.सीले सम्पादन गरेको गीतको भिडियोलाई दिनेश खनालले छायांकन गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।




































