राजु बोहरा–काठमाडौँ । बिशेष गरेर मन्द बिटको गीतबाट अशंख्य श्रोता तथा दर्शकहरुको उच्च रोजाइमा पर्न सफल गायक पुष्कल शर्माको सुमधुर स्वरमा एक निकै मनछुने गीत भर्खरै मात्र बजारमा आएको छ । उक्त गीत सबिता कार्की (सामरिको) प्रस्तुतिमा “दुख सर्लानी” बोलको हो । प्रस्तुतकर्ता एवं मोडल सबिता कार्की (सामरी) लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरु माझ अभिन्न अङ्गको रुपमा पनि परिचित हुन चाहन्छिन् । फलस्वरूप उनले यस गीतलाई अशंख्य श्रोता तथा दर्शकहरुले मन पराइदिनु भएमा आगामी दिनहरुमा पनि यस्तै गीतहरु बजारमा ल्याईरहने बाचा गरेकिछिन् ।

गीतलाई बहुप्रतिभावन सर्जक बिष्णु बि.सी द्वारा लय तथा शब्द सिर्जना भएको छ । उनले पनि यस अगी थुप्रै गीतहरु बजारमा ल्याएर नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा एउटा छुट्टै पहिचान स्थापित गरिसकेका छन् । “दुख सर्लानी” बोलको गीतमा पुष्कल शर्माको साथमा बहुचर्चित गायिका शान्ति श्री परियारको पनि सुमधुर स्वर सुन्न सकिन्छ ।

प्रस्तुत गीतको म्युजिक भिडियो पनि निकै आकर्षक र मनछुने बनेको छ । भिडियोमा बिष्णु बि.सी र सबिता कार्की (सामरी) को नै आकर्षक अभिनय रहेको छ । आफुले माया गरेको मान्छे अनयासै अर्कैको अंगालोमा बेरिन पुगेपछिको वियोगान्त प्रेमभावमा तयार भएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन सन्तोष बि.सी ले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन दिपक विस्टले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया