काठमाडौं – पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गितहरुको चर्चा चुलिएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । यसै सन्दर्भमा गायक एवम् सर्जक खेम सेन्चुरी , मोहन खड्का र लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वरमा सजिएको नया गित केहि समय अगाडि रिलिज भएको छ । उक्त गीत “आँसी” बोलको रहेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिक जसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा नआएका भने होइनन् । बढिजसो मायाप्रेमका गीतहरु आउने कारणले यस्ता गीतलाई अझै बढि दर्शक श्रोताले रुचाउने कुरामा निर्माण युनिट ढुक्क रहेको छ ।

“आँसी” बोलको गीतमा चर्चित गितकार नेत्र अर्यालको उत्कृष्ट  शब्द  सृर्जना तथा खेम सेन्चुरीको नै निकै सुमधुर लय रहेको छ । पछिल्लो समयमा निर्देशक विनोद भण्डारि निकै अब्बल मानिएका निर्देशक हुन् । यो भन्दा अगाडि ‘कपलु कोरेर’ चिसो महिना पुषैको’ उनको निर्देशनमा रहेका गीत जस्लाई दर्शक श्रोताले अत्याधिक रुचएका छन् भने यस गितको म्युजिक भिडियोलाई पनि बिनोद भण्डारीले निर्देशन गरेको हुन् । आफुले माया गरेको मान्छेको साथ र काखको सामु धनसम्पत्ति फिक्का रहेको मिठो प्रेमि भाव समेटिएको यस गीतको म्युजिक भिडियोमा कलाकार ओवी रायमाझी र जुना गुरुङले यथार्थपरक रुपमा अभिनय गरेका छन् । गीतमा गाउँ, बनपाँखा, भिर जंगलमा घास दाउरा गरेको रमाईलो दृश्यलाई देखाईएको छ । भिडियोलाई छायांकन

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया