संगीत सरोबर डट कम, राजु बोहरा–काठमाडौँ । सुनाखरी मल्टी मिडिया फाउन्डेसनले बजारमा ल्याएको भर्खरै बजारमा सार्बजनिक गरेको गीत “लाम्च मोया” बोलको गीत सुन्दा नेपाली गीत संगीतको क्षेत्रमा जति नै ब्यवसाहिकता न्यून भएता पनि कलाकारहरुले मौलिकता कहिले भुल्दैनन् भन्ने कुरा प्रष्ट हुन्छ । उदाहरणका लागि तल राखिएको लिंक क्लिक गरेर उक्त गीतको अडियो तथा भिडियो हेर्न र सुन्न सक्नु हुनेछ ।

प्रस्तुत गीत बाबुराम भट्टराईको नाममा बजारमा आएको हो गीतमा बाबुराम भट्टराई र तारा थापा मगरको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई बिगत निकै लामो समय यता नेपाली गीत संगीतको लागि जुर्मुराईरहेका गायक तथा सर्जक माधब थापाले तयार भरेका हुन् ।

“लाम्च मोया” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन अजय रेग्मी र सम्पादन दिपक विष्टले गरेका छन् । निकै रोमान्चक ढंगबाट तयार पारिएको यस गीतको म्युजिक भिडियोमा बिकाश थोकर र सन्जु चौहानको आकर्षक अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया