काठमान्डौ पौष १४ – निकै बर्ष अघि देखि नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि जुटिरहेका गायक तथा सर्जक राम शरण आले मगरको निर्देनशनमा “मेरो हरेक सासमा बास छ तिम्रो” बोलको गित भर्खरै मात्र सार्बजनिक भएको छ । लोक गीत गाउने र लेख्ने मात्र होइन उनले म्युजिक भिडियो निर्देशनमा पनि आफुलाई दक्ष साबित गर्न पहिलो आधुनिक गीतमा निर्देशन गरेका हुन् । गितलाई मिलन फिल्म्स प्रालि डिजिटल बजारमा  सार्वजनिक गरेको हो ।

यस गीतको म्युजिक भिडियोमा मोडल राज तामाङ्ग र प्रिती तामाङ्गको अभिनय देख्न सकिन्छ । भिडियोलाई छायांकन रबिन बजगाईं ले गरेका हुन् भने सम्पादन प्रकाश एस.के ले गरेका हुन् । “मेरो हरेक सासमा बास छ तिम्रो” बोलको गितमा स्वर तथा शब्द  मनिस लोप्चनको रहेको छ भने संगीत टिका बम्जनले भरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया