काठमाण्डौ पौष १८ – हाल प्रबासमा रहेकी गायिका किशु गुरुङ र गायक तेजेन्द्र गन्धर्वको नयाँ सांगीतिक कोसेली “ऐसेलु पाके” बोलको पूर्वेली गीत भर्खरै सार्बजनिक भएको छ । बिशेष गरेर मौलिक सृजनामा रमाउन चाहने किशुले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्यासकेकी छिन् ।

किशु संगै यस गीतमा द भोईस अफ नेपालमा सिजन २ बाट सर्बाधिक चर्चा पाएका भोजपुर निबाशी तेजेन्द्र गन्धर्बले पनि यस गीतमा आफ्नो कला मिश्रण गर्न भ्याएका छन् । गायिका किशु गुरुङ परदेशी भूमिमा रहेर पनि नेपाली गीत संगीतको जगेर्ना गर्नको निम्ति लागि परेकी छिन् ।गीतमा ऐसेलु पाके मेरो भाग्य बोलको गीत ठट्यौली मार्मिक माया पिरतीको भाब समेटीएको पाईन्छ ।

किशु गुरुङ र गायक तेजेन्द्र गन्धर्वको सुमधुर आवाज रहेको मिठो पूर्वेली गीतमा संगीत संयोजन मनोज साङ्सोन राईले भरेका छन्  उत्कृस्ट रचनामा रहेको छ । गीतलाई स्टुडियो किङ युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया