राजु बोहरा–काठमाडौँ । गायक बिदुर आपगाइं लाई गायिका इन्दिरा गोले गुरुङ्ग संग कुम जोडेर हिंड्ने रहर भएको कुरा भर्खरै सार्बजनिक भएको छ । उक्त कुरा एक गीतको भावमा समाबेस गरिएको हो बिदुर आपगाइंको प्रस्तुतिमा रहेको “कुम जोडी” बोलको गीतको यस्तै रोमान्चक भाव समाबेस गरिएको छ । गीतको अडियो तथा भिडियोलाई मानेभन्ज्याङ्ग म्युजिक प्रालिले सार्बजनिक गरेको हो ।

बिदुर आपगाइं  र इन्दिरा गोले गुरुङ्गको सुमधुर स्वर द्वारा सुसजित गीतलाई लय गायक स्वयम् बिदुर आपगाइंले भरेका हुन् भने शब्द अशंख्य संगीत पारखिहरुको मनमुटुमा बस्न सफल गायक तथा सर्जक माधब थापाले भरेका छन् । गीतको अडियोमा जति मिठास्ता छ, त्यो भन्दा बढी म्युजिक भिडियोलाई पनि स्तरीयता दिंदै अहिले डिजिटल बजारमा सार्बजनिक गरिसकेको छ । भिडियोमा करिश्मा ढकाल र नवराज गौतमको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ ।

“कुम जोडी” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन देबेन्द्र पाण्डेले गरेका हुन् भने छायाँकन बिपिन क्षेत्री र सम्पादन नबिन घर्ति मगरले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया