राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा बिगत निकै लामो समय यता लागिपरेका धादिङ्ग जिल्लाका युवा कलाकार राजकुमार बानियाँले फेरी अर्को गीत लिएर बजारमा आएका छन् । उक्त गीत (रिले दोहोरी) “चुइगम पराग” बोलको रहेको छ । गायक तथा सर्जक राजकुमारले यस अघि बजारमा ल्याएका गीतहरुले पनि अत्यधिक श्रोता तथा दर्शकहरुको मन जित्न सफल भैसकेका छन् । उनि यस गीतबाट पनि अशंख्य श्रोता तथा दर्शकहरुको माया पाउने कुरामा ढुक्क रहेका छन् ।

दिनप्रतिदिन नेपाली गीत संगीतको क्षेत्रमा कलाकारहरुको उदयमान भैरहेका छन् । यो हुँदा प्रतिष्पर्धा पनि निकै बढेको पाइन्छ । त्यसैले पनि जसरी हुन्छ, आफ्ना श्रोता तथा दर्शकहरुको माझमा पृथक स्वाद प्रदान गर्ने क्रमको यो राजकुमारको पछिल्लो सांगीतिक कोसेली हो । गीतमा राजकुमार बानियाँ, रबिन लामिछाने, प्रीति आले र टिका सानुको स्वर सुन्न सकिन्छ भने शब्द संगीत बानियाँले नै तयार परेका हुन् ।

गीतलाई गत सनिबार राजधानीको भृकुटी मण्डप स्थित रिपोटर्स क्लबमा भब्य रुपम बिमोचन गरिएको थियो । बिमोचन समारोहमा प्रमुख अतिथि माननीय सांसद कोमल ओली, ऋषि धमला लगाएतले गीतको सफलताको कामना गरेका थिए । उक्त बिमोचन कार्यक्रममा नेपालका अधिकांस संचार माध्यमको बाक्लो उपस्थिति रहेको थियो ।

(रिले दोहोरी) “चुइगम पराग” बोलको गीतको म्युजिक भिडियोमा गायक स्वयम् राजकुमार बानियाँ, रबिन लामिछाने, प्रिती आले र टिका सानुको रोमान्चक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन राजकुमार बानियाँले गरेका हुन् भने छायाँकन करन चैंसिर, दुर्गा थापा मगर, रमेश ले गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


 

तपाईको प्रतिक्रिया