राजु बोहरा–काठमाडौँ । चर्चित गायक रामकुमार कार्कीको नयाँ गीत “माली गाईको तर” बजारमा भर्खरै आएको छ । उनले यस अघि घर त मेरो रामेछाप जिल्ला, कोइली चरी, कालापानी हाम्रै हो, लगाएतका बिभिन्न गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । बिशेष गरेर सामाजिक यथार्थतालाई गीत संगीतको माध्यमबाट बाहिर ल्याउन रुचाउने राम मार्फत पछिल्लो पटक बजारमा आएको “माली गाईको तर” पनि एउटा लोक गीतमा हुन पर्ने मर्म समेटिएको छ ।
रामकुमार कार्कीको सुमधुर स्वर द्वारा सुसजित गीतलाई लय राजन कार्कीले तयार पारेका हुन् भने शब्द सपना रसाइलीको रहेको छ । बाध्यता र बिवस्ताले परदेशिनु परेपछि आफ्नो गाउँघरको सम्झनाले सताएको भावमा समाबेश यस गीतको म्युजिक भिडियो हाललाई तयार भएको छैन र अडियोलाई अशंख्य श्रोता तथा दर्शकहरुले मन पराइदिएमा निकट भबिस्यमा नै भिडियो पनि निर्माण गरेर सार्बजनिक गरिने कुरा जानकारी प्राप्त भएको छ ।
गीत सुन्न तलको लिंकमा क्लिक गर्नु होला ।




































