राजु बोहरा–काठमाडौँ । नेपाली लोक संगीतका पराखिहरु माझ भेगीय हिसाबले फरक-फरक स्वादका गीतहरु बजारमा आइरहेका छन् ।  कसैलाई काँठ क्षेत्रका गीत मन पर्छ त कसैलाई पश्चिमी, पुर्बेली र सुदुर पश्चिमी । जस्लाई जस्तो गीत मन पर्छ उस्तै गीतहरु बजारमा आइरहेका छन् । सोहि क्रममा काँठ क्षेत्रका गीत मन पराउनेहरुका लागि अशिम कुमार कटुवाल नामक युट्युब च्यानल मार्फत तोरण बस्नेतको “चोट” भर्खरै सार्बजनिक भएको छ । गीत तोरण बस्नेतको वास्तविक जिबन कथामा आधारित भनेर सार्बजनिक भएको हो ।

अशिम कुमार कटुवाल र गीता देबीको सुमधुर स्वर द्वारा सुसजित गीतलाई लय बिष्णु तामाङ्गले तयार पारेका हुन् भने शब्द प्रस्तुतकर्ता स्वयम्  तोरण बस्नेतको नै रहेको छ । गीतको म्युजिक भिडियोलाई निर्देशन नारायण मगरले गरेका हुन् भने अभिनय आयुष्मा कार्की, निरोज खड्का, अन्जु भण्डारी र रबिन्द्र खतिवडाको रहेको छ । भिडियोलाई छायांकन मुकेश हुमागाईंले गरेका हुन् भने सम्पादन निर्देशक स्वयम् नारायण मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया