राजु बोहरा–काठमाडौँ । सुर संगीत मिडिया सोलुसन प्रालिले बहुप्रतिभावान गोर्खाली युवा कलाकार रमेश परियारको लय शब्दमा अमृता नेपालीको लोक दोहोरी गीत “बाडुल्की” भर्खरै सार्बजनिक गरेको छ । थोरै गीतहरुको म्युजिक भिडियोमा अभिनय तथा थोरै गीतहरुमा नै आफ्नो स्वर भरेका परियार यस गीतमा भने आफु भित्र भएको सम्पूर्ण कला यसै गीतमा प्रस्तुत गरेका छन् ।गीतमा रमेश परियार र अमृता नेपालीको सुमधुर स्वर सुन्न सकिन्छ ।

सार्बजनिक भएको छोटो समयमा नै अशंख्य दर्शकहरुको माया पाउन सफल यस गीतको म्युजिक भिडियोमा उनै रमेश परियार र सारिका के.सी को आकर्षक अभिनय देख्न सकिन्छ । मौलिक सैलिमा तयार भएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन दिपक विस्टले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया