काठमान्डौँ , माघ १
नेपाली लोक गीत संगीतको क्षेत्रमा परम्परागत सस्कृति झल्कने मौलिक भाकामा तयार पारिएका गीत संगीतहरु बजारमा पछिल्लो समय कमै मात्रामा बजारमा आइरहेका छन । गायक दयाराम गुरुङ र गायिका राधा गुरुङको आवाजमा रहेको मौलिक कौडा गीत ”पछ्यौरी चुनीको ”को भिडियो बजारमा सार्वजनिक भएको छ ।

मौलिक पनमा तयार पारिएको गीतमा प्रेमका भावनात्मक कदमलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । जन जिविकाका विभिन्न अनुभव र अनुभुतिलाई गीतमा समावेश गरिएको छ । दयाराम गुरुङको शब्द सिर्जना तथा लय सिर्जना ”पछ्यौरी चुनीको ” गीतमा रहेको छ ।

”पछ्यौरी चुनीको ”गीतमा शुशिल डाँगीको छायाँकन , निरज केसीको सम्पादन तथा अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ । गीतको भाव जति आकर्षक रहेको छ । त्यसमा कलाकारहरुको प्रस्तुती त्यतिनै हेर्न लायक रहेको छ । ”पछ्यौरी चुनीको ” गीतको भिडियोमा निर आले र सावित्रा भुजेलको अभिनय रहेको छ ।
”पछ्यौरी चुनीको ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=ZmLLblK4sew&feature=youtu.be&fbclid=IwAR1dIgt0EEgCGk3ajY_CCKUzJ6dNAbxGrN8ACkZ7FGOu6K8Alw8skKf_jKo

तपाईको प्रतिक्रिया