राजु बोहरा–काठमाडौँ । नेपाली लोम तथा दोहोरी गीत संगीतको क्षेत्रमा सर्वाधिक रुचाइएको नाम शान्ति श्री परियार जस्ले बोल माया गलबन्दी लगाएत धेरै सफल गीतहरुमा आफ्नो कर्णप्रिय स्वर भरिसकेकी छिन् । उनको स्वरलाई रोमान्चक धारको गीतलाई मात्र होइन घत लाग्दो र मन छुने गीतहरुमा पनि श्रोता तथा दर्शकहरुले अत्याधिक मात्रामा रुचाएका छन् । त्यसैले पनि कलाकारहरुले शान्तिको स्वरबाट फरक-फरक स्वादका गीतहरु बजारमा ल्याउने गरेका छन् । यसै भित्र गायक राजु परियारलाई पनि नेपाली लोक तथा दोहोरी गीत संगीत क्षेत्रको राजा भनेर चिन्ने गरिन्छ ।

सोहि क्रममा राजु परियार र शान्ति श्री परियार सुमधुर स्वरमा भर्खरै मात्र “मसानघाट” बोलको गीत सार्बजनिक भएको छ । उक्त गीतलाई परिवर्तन डिजिटल प्रालिले सार्बजनिक गरेको हो । गीतलाई भुमिराज थापा, साजन थापा मगर, प्रदिप बुढा र प्रमिषा सारु मगरले तयार पारेका हुन् भने शब्द साजन थापा मगर, प्रदिप बुढा र प्रमिषा सारु मगरको रहेको छ ।

गीतको म्युजिक भिडियो पनि निकै घत लाग्दो र आकर्षक ढंगले तयार पारिएको छ । “मसानघाट” बोलको गीतको म्युजिक भिडियोमा आशिर प्रताप जङ्ग, जुना गुरुङ्ग र साजन थापा मगरको रहेको छ । भिडियोलाई निर्देशन स्मृति तिमिल्सिना “गुरुआमा” गरेकी हुन् भने छायांकन दिपक गिरि र सम्पादन अमृत चापागाईंले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया