काठमाण्डौ माघ ८ – नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका गायक तथा सर्जक नकुल ढकाल “नबिन” ले यति बेला गित “मुुखियाको नाती” बोलको सन्देशमुुलक गित बजारमा लिएर आएका छन् । नेपाली समाजमा मुुखिया भन्ने बित्तिकै ठुुलो खाद्यान्न र धनि ब्यक्तित्वको रुपमा समाजमा चिनिएको हुन्छ । गायक नकुल ढकाल “नबिन”को भख्खरै बजारमा आएको गित “मुखियाको नाती” मा पनि यस्तै गाउँ ठाउँको बारेमा देखाइएको छ भने साथीको संगतले जुुवातास खेलेपछि आफुु सडकमा पुगेको देखाइएको छ ।
समाजमा धनी परिवारका सन्तान धनसम्पतीकै कारण विकृतिमा फस्ने र धनको आडमा फस्ने गरेको प्रवृत्तिलाई लिएर मुखियाको नाती बोलको गीत नकुुल ढकाल नबिनले आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेका छन् । केही समय अघि चौतारीको बर बोलको गीत लेखेका ढकाल यस गीतको म्युजिक भिडियोमा मुखियाको नातीको रुपमा अभिनय समेत गरेका छन् । यो भिडियोमा चर्चित कलाकार सुरविर पण्डित,दिपा पौडेल, म्याग्देली कालकार अमित विश्वकर्मा, रवि कार्की, व्यवसायि खेम केसी लगायतको उत्कृष्ट अभिनय गरेकाछन भने लोकप्रिय गायक संगीतकार वसन्त थापा, नकुल ढकाल र अमित बिश्वकर्माले स्वर दिएको गीतको लय धुव्र जिसीले तयार गरेका हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।