काठमाण्डौ माघ ९ – तराना कलाकेन्द्र जोरपाटी, काठमाडौंले गात शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं.५ बाहुनधारामा तामाङ जातिको महान पर्व तथा नयाँ वर्ष २८५६ औं सोनाम ल्होछारको पावन अवसरमा गोकर्णेश्वर नगरपालिका नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा मृगौला पीडित मिनु थापामगरको सहयोगार्थ” शुभकामना आदानप्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम” भव्य रुपमा सम्पन्न भएको छ ।
तराना कलाकेन्द्रकी प्रमुख बसन्ती लामाको अध्यक्षतामा आयोजित कार्यक्रममा चर्चित कलाकार,गायक जयनन्द लामा लगायतका कलाकारहरुले प्रस्तुति प्रस्तुत गरेका थिए । उक्त समारोहमा संकलित रकम रु.८९ हजार रुपैंया मृगौला पीडित मिनु थापा मगरलाई उपचारको निमित्त प्रदान गरेको तराना कला केन्द्रकी प्रमुख लामाले जनाएकी छिन् ।