राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरु माझ एक पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतका स्वाधरु सार्बजनिक भैरहेका छन् ।यस भित्र पनि पछिल्लो समय केहि रोमान्चक धारका गीतहरु बजारमा आइरहेका छन् । यो भन्दैमा मन्द र मनछुने खालका गीतहरु श्रोता तथा दर्शकहरुले मन नपराउने भन्ने होइन । जति पनि लोक तथा दोहोरी गीतहरुको उचाई थपियो यी यस्तै मन्द बिटका गीतहरुले नै हो भन्दा फरक पर्दैन । किन कि हिजोका दिन सम्म यस्तै गीतहरुको बजार अत्याधिक रहेको थियो र आज पनि उत्तिकै मन पराइन्छ ।
सोहि कुरालाई ध्यानमा राख्दै “प्रतिभावान कलाकार दिपक कार्की “पाल्पाली” ले फेरी अर्को गीत बजारमा ल्याएका छन् । उनले केहि समय अगाडी मात्रै आँगन बोलको गीत सार्बजनिक गरेका थिए । यस लगत्तै अहिले भर्खरै मात्र “आशंका” बोलको गीत पनि उनले सार्बजनिक गरेका छन् । लोकप्रिय गायिका बिष्णु माझी र प्रेम सागर परियारको सुमधुर स्वर द्वारा सुसजित उक्त गीतलाई लय दिपक कार्की “पाल्पाली” ले नै भरेका हुन् भने शब्द रमेश परियारको रहेको छ ।
बिशेष कुरा त के छ भने, गत दिहरुमा सिर्जना र स्वर भर्नामा मात्र माहिर कलाकार दिपक कार्की “पाल्पाली” यस पटकको गीतमा आफै अभिनयमा उत्रियका छन् । “आशंका” बोलको गीतको म्युजिक भिडियोमा दिपक संग रन्जिता गुरुङ्ग र बिस्वास परियारको पनि आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन कपिल लामाले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन शिब पौडेलले गरेका छन् । गीतको अडियो तथा भिडियोको सर्वाधिकार नबकला संगीत संग सुरक्षित रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।