काठमाण्डौ माघ २२ – नेपाली लोक दोहोरी गीत संगीतमा विरह भावमा मनका वेदनाहरुलाई समेटेर गीत निमार्ण गर्ने क्रममा गायिका शान्ती श्री परियार र गायक लोकेन्द्र श्रीपालीको स्वरमा धन कमाउने लक्ष्य राखेको श्रीमान विदेशमा क्यासर रोगको शिकार भएर थलिएर बस्दाको पिडालाई समेटर लोकेन्द्र श्रीपालिले भर्खरै मात्र “क्यान्सर’ बोलको गीत सार्बजनिक गरेका छन् ।

बुर्तिवांग म्युजिक प्रालि मार्फत सार्बजनिक भएको उक्त गीतलाई लय मोहन श्रीपाली र लोकेन्द्र श्रीपालिको रहेको छ भने शब्द अमित बाबु रोकायाको रहेको छ ।

निकै मनछुने सैलिमा तयार भएको गीतको म्युजिक भिडियोमा अभिनय सारिका केसी तथा देवेन्द्र बबलुको रहेको छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन दिलिप रेग्मीले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया