काठमाडौ । नेपाली सांगितिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै आएका गायक हुन् रमेश नेपाली । पुर्बको सोलुखुम्बुमा जन्मिएका गायक नेपाली पछिल्लो समय नेपाली दर्शक माझ लोकप्रिय बनिरहेका छन् । सानैदेखि गायन क्षेत्रमा रुचि भएका रमेश सांगितिक क्षेत्रमा नै कर्मथलो बनाउने सोचमा रहेको बताउछन् । उनी भन्छन् ,‘सानै देखि गीतसंगीतमा लगाव थियो ,त्यसैलाई लिएर संगीत दुनियामा प्रवेश गरेको छु । ’
सगरमाथा म्युजिक प्रा.लिका सञ्चालक समेत रहेका रमेशले दर्जनौ गीतहरु बजारमा ल्याइसकेका छन् । उनले ‘तिम्रो अभाव ’, ‘भन्देउ आइलभ यु ,तिम्रै झल्को , सक्छौ भने ’ जस्ता राम्रा स्रोतामाझ ल्याइसकेका छन् । उनले आफैले धेरै गीतमा शब्द संगितसमेत भरेका छन् । गायक रमेश भन्छन् , आफ्नो जीवन नै सङ्गीत रहेको लाग्छ । त्यसैले यसैमा संघर्ष गरिरहेको छु । गायक रमेश पुर्वाञ्चल गायन स्टारको टप २ समेत हुन ।

अहिले उनी अभाव एल्वम बजारमा ल्याउने तयारीमा रहेका छन् । अहिले उनी नयाँ एल्वमको लागि ब्यस्त रहेका छन् । उनले चर्चित गायिका देबि घर्तिसँग पहिलो पटक दोहोरीगीत गाएका थिए । हाल कम्पोज गरिरहेको अभाव एल्बममा ६ वटा गीतमा आफ्नै कम्पोज र आवाज रहने छ भने केहि गीतमा मेलिनासँग गाएका छन् ।

तपाईको प्रतिक्रिया