काठमाण्डौ माघ २५ – मल्लाजको धार्मिक तथा पर्यटकिय गन्तव्यलाई गित र म्युजिक भिडीयोको माध्यमवाट प्रचार प्रसार गर्ने उद्देश्यले चर्चित गायक सुजन बराईलीले नयाँ गित मेरो प्यारो मल्लाज गाँउ बजारमा ल्याएका छन् । पर्वत जिल्लाको जलजला गाउँपालिका स्थित मल्लाजमा जन्मिएका बराईलीले ‘मेरो प्यारो मल्लाज गाउँ’ बोलको गित सार्वजनिक गरेका हुन् ।

गायक बराईलीले आफ्नो जन्मदिनको अवसर पारेर उक्त गित आफ्नै युटुब च्यानल मल्लाजी म्युजिक मार्फत सार्वजनिक गरेका हुन् । सुजन बराईलीकै उत्कृष्ठ शब्द र स्वर रहेको गितमा पर्वतका चर्चित सर्जक एवम् संगितकार कस्तुप पन्तको संगित रहेको छ । यस गीतलाई पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” ले निर्देशन तथा छायांकन गरेका हुन् । गितमा जलजला गाउँपालिका लगायत मल्लाजका बिभिन्न पर्यटकीय र धार्मिक क्षेत्रलाई क्यामरामा कैद गरिएको छ ।

भ्रमण बर्ष २०२० सँगै मल्लाजमा आन्तरीक पर्यटक भित्राउनका लागि गाउँको परिवेशलाई समेटेर गित तथा म्युजिक भिडीयो तयार गरिएको गायक बराईलीले जानकारी दिनुका साथै आफ्नो जन्मदिनको अवसर पारेर उक्त गित सार्वजानिक गरेको उनले बताए । गितमा मल्लाजको धार्मिक तथा पयटकिय बस्तुलाई शव्द र भिडियो मार्फत उजागर गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया