राजु बोहरा–काठमाडौँ । नेपाली लोक दोहोरी, त्यसमाथि पनि काँठे गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै स्थान जमाउन सफल गायक हुन् नबराज घोरासैनी । उनले यस क्षेत्रका लागि अशंख्य गीत संगीतका सृजनाहरु पस्किसकेका छन् । अडियोको समय हुँदा नबराजका धेरै गीतहरु बिक्रि वितरण हुन्थे तर हिजो आज उनका गीतहरु त्यति मात्रामा सुन्न पाइदैन ।

पहिल्लो समय डिजिटल बजारको भिडमा आफ्नो कलाकारिता यात्रा अगाडी बढाउनु पर्ने भएकोले अन्यलाई जस्तै उनलाई पनि कठिन महसुस भएको हुन सक्छ । तथापी अशंख्य श्रोता तथा दर्शकहरुले दिएको मायालाई आत्मासाथ गर्दै नबराजले आफ्नो पछिल्लो सांगीतिक कोसेली “मिर्मिर कपालैमा” बोलको गीत बजारमा ल्याएका छन् ।

प्रस्तुत गीतमा नबराज घोरासैनी र अन्जु पन्तको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय नबराज घोरासैनीले नै गरेका छन् भने शब्द बिदुर घोरासैनी र नबराज घोरासैनीको रहेको छ । अशंख्य श्रोता तथा दर्शकहरुको माग अहिले रोमान्चक गीतहरुमा रहेको छ । यसैलाई कुरालाई ध्यानमा राख्दै उनको पछिल्लो गीत पनि सोहि घेरो भन्दा बाहिर छैन ।

गीतको म्युजिक भिडियोमा Sraaj Garach & Jebicca Karki को रहेको छ । आकर्षक ढंगबाट तयार पारिएको भिडियोलाई निर्देशन शिब बि.क ले गरेका हुन् भने छायांकन रामेश्वर कार्की र सम्पादन पदम सुबेदीले गरेका हुन् ।

गायक नबराज घोरासैनीको अनुसार कुनै पनि क्षेत्रमा निरन्तर रुपमा अगाडी बढ्न सम्बन्धित कामको सहि मुल्यांकन हुनु जरुरि छ । त्यसैले “मिर्मिर कपालैमा” बोलको गीतलाई बिगतको सृजनालाई जस्तै अशंख्य श्रोता तथा दर्शकहरुले माया गरेर अझै यस क्षेत्रमा शसक्त रुपमा लाग्नको लागि उर्जा प्रदान गरिदिनु हुनेछ भन्ने कुरामा बिस्वस्त रहेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया