राजु बोहरा–काठमाडौँ । पछिल्लो समयको गीत संगीतको बजार रोमान्चक तिर केन्द्रित भएता पनि भावपूर्ण मन्द बिटको गीतको मिठास्ता नै उच्च हुने गरेको पाइन्छ । यस्ता गीतहरुले  श्रोता तथा दर्शकहरुको आफ्नै जिबन कहानी बोलेको टिप्पणी पनि हामीले पाउने गरेका छौं । सोहि कुरालाई ध्यानमा राखेर नव गायक राजु थापाले भर्खरै मात्र एक निकै मन छुने गीत सार्बजनिक गरेका छन् ।उक्त गीत “अजम्बरी माया” बोलको रहेको छ । आफ्नै जिबन कहानीमा आधारित भएरयस गीतलाई राजुले सार्बजनिक गरेता पनि अशंख्य श्रोता तथा दर्शकहरुको भाव यस गीतमा भेटिन सक्दछ ।

राजु थापा र पूर्णकला बि.सी को सुमधुर स्वर द्वारा सुसजित “अजम्बरी माया” बोलको गीतलाई लय कपिल मगरले भरेका हुन् भने शब्द प्रस्तुतकर्ता एवं गायक राजुको नै रहेको छ । गीतको भाव जति कर्णप्रिय छ तय भन्दा बढी म्युजिक भिडियो पनि आकर्षक बनेको छ । भिडियोमा पछिल्लो समय सबैको प्रिय बन्न सफल मोडल एम.बि गुरुङ्ग, सारिका के.सी पीताम थापा मगरको घत लाग्दो अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन दिपक विस्टले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया